Comments

Pages

Tuesday, February 15, 2011

अब म दर्शक

Posted by at 06:22 Read our previous post
अगाडी नाटक चलिरहेछ। 
पात्रले कहिले हंसौछ, कहिले रुवौंछ
नाटक चलिरहेछ।

हाँसे, रोएँ, अनि 

फेरी हाँसे अनि रोएँ
नाटक चलिरहेछ।

अब म दर्शक। 

नाटक चलिरहेछ।
झूठा अभिव्यक्तिहरु 
मनदेखिका हाँसोहरु 
गुन्जिरहेछन् 
नाटक चलिरहेछ।

झूठा अभिव्यक्तिहरु 
आँखाहरुमा आँसु, झाल्किरहेछन्  
नाटक चलिरहेछ।

कहिले थप्पडी,अनि कहिले गाली
कहिले माया,अनि कहिले घृणा
कहिले माफी.अनि कहिले क्षमा
नाटक चलिरहेछ। 

अब म दर्शक।
नाटक चलिरहेछ।

5 comments:

  1. जिन्दगि नै दर्शक भएर बच्नु परेको छ,
    जिन्दगि नै एउटा नाटक हो
    कहिले हासो, त कहिले दुख,
    कहिले ताली , त् कहिले गाली

    ReplyDelete
  2. natak ta natak ho...tara aba testo darshak banne jaslai natak ko asar hunna...;)

    ReplyDelete
  3. त्येसो भए त्यो त दर्शक नै भएन नि, होइन र???

    ReplyDelete
  4. haina....yo samanya darshak jo rangamanch matra ma simit haina...yo anteraatma dekhi ko satyata samma ko darshak ho...

    ReplyDelete
  5. waana some updates in your blog !!

    ReplyDelete

© Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template