Comments

Pages

Tuesday, February 15, 2011

मेरा धेरै गल्ती

Posted by at 05:28 Read our previous post
आशा धेरैले गर्छन्,सबैले गर्छन्, मैले नि गरे 
के नै नौलो भयो र ?
पीडा सबैले भोग्छन्. मैले नि भोगे 
के नै ठुलोकुरो भयो र?
गल्ती धेरैले गर्छन्, सबैले गर्छन्, मैले नि गरे 
के नै गलत भयो र?

मेरा आशाले कसैलाई बाध्य बनायो

मेरा पीडाले मलाईनै खायो  
मेरा गल्तीले कसैलाई चोट पुर्यायो
के भयो,के भयो सीमानै नगायो। 

मेरा विचार पवित्र थिए
मेरा भावना चोखा
मेरा बाटो सिधा।  

मेरा इच्छा अरुनै थिए, 
परिस्थिति अरुनै भए,
सपार्न खोजे,
बिगारें,झन् बिगारें।  

पाईला गलत भए  
बाटो गलत भए  
के भयो,के भयो,सब गलत भए।  

अब लाग्छ, मेरा हाँसो गलत सम्झे  
मेरा आँसु गलत ठाने 
मलाई नै गलत बुझे 
जे बुझे, सहि बुझे। 

सच्चाउने बाटा थिए 
सुधार्ने बाटा 
गल्ती गरें, गल्ती गरें 
फेरी गल्ती गरें।

No comments:

Post a Comment

© Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template