Comments

Pages

Saturday, February 12, 2011

एउटा कोठा अनि चार भित्ता

Posted by at 19:40 Read our previous post
एउटा सानो कोठा, त्यसमा एउटा सानो पलगं अनि कापी र कलम, यो सामान्य सपना। सुन्दा निकै सजिलो सुनिने मेरो एउटा सपना। मानिसहरुलाई यो कुरा अनौठो पनि लाग्छ होला, कसै कसैलाई त यो जेल जीवन जस्तो लाग्छ होला। भावना र भौतिक मनोरंजनसंग सिमित भएका जीवन पो जीवन, मेरा इच्छा पागलपन लाग्छ होला। 

प्रायले सोध्छन मलाई,"महिनौमहिना के गर्छौ तिमी कोठामा, मनलाग्दैन कतै जान, रमझम गर्न, घुमफिर गर्न, के छ यो चार भित्ता भित्र"   मलाई यो प्रश्न अलिक कस्तो कस्तो लाग्यो, एकहोरो सोच लाग्यो, नसोचेको वाक्य, अनि एउटा साधारण प्रश्न।  मलाई लाग्यो कि,यस चार भित्ता भित्र रहेका मेरा खुशीका अनुभूतिहरु मेरा मित्रहरुले चालै नपाएको रहेछ। कसै कसैले त मसंग बाचा पनि लिए, कि म उनीहरुको भौतिक मनोरंजनमा सामेल हुने, तर,ती बाचा अनि मेरो उपस्थिति त्यस्ता समारोहमा, यी सबैले मलाई झन् झन् चार भित्ता भित्र प्रेरित गरायो। 

साँचो भन्नु पर्दा कहिलेकाही म कैदी भएपनि हुन्थ्यो जस्तो लाग्छ, जहाँ मेरा सपना- कल्पनाका लहर हरुमा वहंथे, मेरा शब्दहरु, मेरा खुशी, मेरा दूख, मेरा घृणा, मेरा माया, मेरा पिडा अनि विभिन्न धाराहरु, यी सबका जटिल अनुभूतिहरु, एउटा प्रेरणा,निरन्तर्र्ता,एउटा उपहार मलाई मेरो चार भित्ताको, अरु के नै इच्छा बाँकी हुन्थ्यो होला।  यो तृष्णा, तृष्णा नै रहने भयो। 

भन्छन के नै फरक छ,"अहिले नि चार भित्ता, अनि जेलमा  पनि चारै भित्ता, के भिन्न छ र?"
मलाई लाग्छ धेरै छ, यहाँ मेरो निरन्तर्र्ता छैन, अनि बारम्बार म चार भित्ताबाट टाढिनुपर्ने अर्को बेथा छुट्टै छ। तर यी भिन्नता, मेरा बोध अनि मेरा कल्पना सन्चै खोक्रो हुन् त?
प्राय जसो मलाई चार भित्ता छोडेर जान निकै पीडा हुन्छ, तर कहिलेकाही, मलाई लाग्छ कि प्रकृतिले  मलाई थुप्रै कुरासित परिचित गराऊँदैछिन्,सो कि यी अनुभूतिहरु मैले मेरा चार भित्ता भित्र बाँध्न सकुँ। 

मेरा प्यारा चार भित्ताहरु मलाई निकै प्यारो छ, यी भित्ताहरुले मेरा हरेक पाईलामा मलाई साथ दिईरहेका छन्, म आभारी छु यीनका....... 


2 comments:

  1. चार भित्ता मा सिमित् यो जीवन निरन्तर चलिरहोस,
    शुभकामना !!!!

    ReplyDelete

© Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template