Comments

Pages

Friday, February 11, 2011

आमा

Posted by at 01:25 Read our previous post
विभिन्न आशा बोकी जन्माईन् मलाई मेरी आमाले
दुख, पिर, व्यथा सहेर हुर्काईन् मलाई मेरी आमाले।

पछि गएर उनको सपना पुरा गर्ने आशाले

उनलाई केवल हाँसो र खुशी दिने आशाले।

तर, आज म निराश छु, उदास छु
किनकि, आज म अशक्त भएँ उनको सपना बिपना बनाउन
आज म असफल भएँ उनलाई फेरी पहिले झैं हँसाउन।

त्यही पनि उनी हाँस्तै भनिन्,
निराश नहोऊ, तिमीले मेरो सपना पुरा नगरे पनि, म तिम्रो गर्ने छु।
तिमीले मलाई हँसाउन नसके पनि, म तिमीलाई हँसाउने छु।

म आज आफैं देखि घृणित छु।
म आज आफैं देखि लज्जित छु।
केवल एउटा आमाको सपना पूरा गर्न नसक्ने लाछी भएछु।

लाछी भएछु।






(पहिलो रचना २०५८ साल- गुन्जन त्रैमासिक- १९ प्रकाशित)

1 comment:

© Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template