Comments

Pages

Friday, February 11, 2011

तिमीले दिएका चोटहरु

Posted by at 05:01 Read our previous post
चोटहरु धेरै दियौ
कहिले अन्जानमा
त कहिले जानीजानी

गन्ति छैन, कति छन् भनि
चोटैचोटले भरिदियौ आनीबानी
सारा जिन्दगानी


कम्जोर भएछु
म चोट खाँदाखाँदा
जमेछ रगत मुटु भरि

कोट्याऊँछौ घरि घरि
ठानी भरिएछ कि भनि
न त भरिन दिन्छौ
न त मलमै

बगेको रगत हेरीरहन्छौ
निस्ठुरी बनी

कहाँ हो तिम्रो सिमा
कति छन् चोट दिन बाँकि
मेट्टेनन् अझै तिम्रा तृष्णा
खोक्र्याएर मलाई

चोटको खोला बगाउ
रगतको भेल हेर
ज्वाला सल्काउ
तिम्रो अरु प्यास छ भनि
त्यो पनि बुझाऊ|

No comments:

Post a Comment

© 2025 Khesra is powered by Blogger - Template designed by Stramaxon - Best SEO Template