Posted by Dreamer at 03:58
Read our previous post
निडर गम्भीर अनि दृढ
अशान्ति अनि विस्फोटनको बहाव
सबै खोक्रो छ यहाँवहाँ
रुमल्लिएका यी कीराफट्यांग्राहरु
साक्षी छ यो औंशीको रात
सुखदुख अनि बोध
सबै खोक्रो छ यहाँवहाँ
कसको बाटो हेर्ने, कसको साथ?
केवल म छु, अनि म मेरो साथ
अगाडीपछाडी अनि वरिपरि
झझल्को सम्झना अनि क्रूरता
भुन्भुनाइरहेका छन् ती तस्विरहरु
अब केही असर छैन, केही असर छैन
शिशिर, तुसारो अनि उजाडपन
निर्ममता, अबोध अनि अज्ञात
बलिरहेको मुटुको आगो
शान्त पार्ने कठोर विश्वास
गलामा पासो अनि घिटघिटी
टाढाटाढासम्म सुनिने ढुकढुकी
ढुकढुक गरिरहेछ, गरिरहेछ
अझै गरिरहेछ
ढुकढुक, ढुकढुक,.....ढुकढुक
ढुक.......ढुक.....ढुक ....
...........................
..... .... . . . . .
( ढुकढुकी बन्द हुन्छ.......)
P.S: written few years back in memory of one beautiful girl who committed suicide....always this poem touch me more , it reminds me of her beautiful soul
No comments:
Post a Comment